कोरोना राहत कोषमा नेकपा गढी गाउँ कमिटीको आर्थिक सहयोग

कोरोना राहत कोषमा नेकपा गढी गाउँ कमिटीको आर्थिक सहयोग

३१ वैशाख, सुनसरी । नेपाल कम्यूनिष्ट पार्र्टी(नेकपा) गढी गाउँ कमिटिले आज गढी गाउँपालिकाको कोरोना राहत कोषमा २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।

महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले न्युन आय भएका वर्गलाई समस्या परेको भन्दै राहत स्वरुप गाउँपालिकाको राहत कोषमा नेकपा गाउँ कमिटिले २५ हजार रुपैँया बराबरको चेक पालिका प्रमुख श्रीप्रसाद यादवलाई हस्तानतरण गरेको हो ।

गाउँ कमिटिका अध्यक्ष खगेन्द्र प्रसाद चौधरीका अनुसार एक द्धवार प्रणालि मार्फत राहत वितरण गरीने भएकाले पार्टीले पालिकाको राहत कोष रकम जम्मा गरेको हो ।

हालसम्म गाउँपालिकामा सात हजार घरधुरीलाई राहत वितरण गरीएको छ भने क्वारेन्टिनमा ९ जना रहेका छन् । थप बाहिरबाट आउनेहरुका लागी १ सय क्षमता भएको क्वारेन्टिन तयारी अवस्थामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरीले बताउनुभएको छ ।

सो चेक हस्तान्तरण कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरी, नेकपा गाउँ कमिटीका सचिव प्रभाकर मझि, नेकपा वडा २ का इन्चार्ज राजु शिंह चौधरी लागाएतको उपस्थिती रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर