२९ चैत्र, दार्चुला । सुदुरपश्चिमी जिल्ला दार्चुलामा क्वारेन्टइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्न सुरु गरिएको छ । शनिवार (आज)देखि जिल्लाका विभिन्न स्थानियतहहरुमा स्थापना भएका क्वारेन्टाइनमा राखिएका ६ स्थानबाट स्वाब संकलन गर्न सुरु गरिएको बताईएको छ ।
कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलनको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली दार्चुला पुगीसकेको जनाईएको छ ।
कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा स्वाब संकलनका लागि हेलकोप्टर दार्चुला आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।