कोरोना भाइरस संक्रमणको रोकथाममा सवै लागौः मुख्यमन्त्री गुरुङ

कोरोना भाइरस संक्रमणको रोकथाममा सवै लागौः मुख्यमन्त्री गुरुङ

२८ चैत्र, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल बागलुङको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अस्पतालको अनुगमन गर्दे उहाँले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिनुभयो । सो अस्पतालमा दुई जना कोरोना भइरस सङ्क्रमणको आशङ्का लागेको व्यक्तिले उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

सो अवशरमा मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको भन्नुहुदै अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले उपचारका पद्धतीका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताउनुभयो । प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि। पोख्रेल, फिजिसियन डा। प्रदिप श्रेष्ठले सङ्क्रमित बिरामीका बारेमा जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीका बारेमा मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270