लमजुङका दिर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

२८ चैत्र, लमजुङ । लमजुङ जिल्लामा स्वास्थ्य कार्यालयले दिर्घरोगी तथा नियमित औषधी सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि घरमै सेवा दिन सुरु गरेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि एचआईभि संक्रमित, क्षयरोगका विरामी जस्ता दिर्घ रोगी साथै गर्भपरिक्षण, परिवार नियोजनका अस्थाई साधन प्रयोगकर्ता लगायत नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिलाई स्वास्थ कार्यलयले स्वास्थ्य संस्था र सम्वन्धित स्थानीय तहसँग समन्वय गरी घरघरमै सेवा दिने व्यवस्था मिलाएको हो ।

औषधी लिनका लागि स्वास्थ्य संस्थामा आउन कठिनाई हुने र आवतजावतमा समस्या हुने भएपछि स्वास्थ्य कार्यलयले लमजुङमा एचआईभि संक्रमति र क्षयरोगका विरामीलाई पायक पर्ने स्थान तथा घरघरमै औषधी सेवा उपलव्ध गराएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270