एक जना नेपाली महिला कोरोनाको संक्रमित भएको पुष्टि

एक जना नेपाली महिला कोरोनाको संक्रमित भएको पुष्टि

१० चैत्र, झापा । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी महिलामा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि भएको छ ।
काठमाण्डौँ स्थित टेकु केन्द्रीय प्रयोगशालाको परीक्षणमा नै यस्तो पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट फर्किएका एक जना महिलामा कोरोनाको संक्रमण भएको पाईएको जानकारी दिएको हो ।

ती महिलाको आइसोलेसनमा राखेर काठमाण्डौँ स्थित शुक्रराज ट्रपिक सरुवा रोग अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । १९ वर्षीय युवतीका परिवारलाई पनि निगरानीमा राखेर नमुना परीक्षण गराउने तयारी भइरहेको समेत देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर