विकाशको गति देखेर प्रतिपक्षी आत्तियोः प्रधानमन्त्री ओली

विकाशको गति देखेर प्रतिपक्षी आत्तियोः प्रधानमन्त्री ओली


४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही व्यक्ति भोकै बस्नु नपर्ने बताउनुभएको छ । गृह जिल्ला झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु नपर्ने बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रि ओलीले गरिवी विवारणका लागि जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको, युवा विद्यार्थीहरुका लागि प्रमाणपत्र धितो राखेर रिण दिने ब्यवस्था गरिएको, सडकमा बस्ने बेवारीसे मानिसहरुलाई उद्धार गरी मानव मुक्त सडक अभियान थालिएको, विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको भन्दै उहाँले सरकारले विकाश निर्माणको कार्य देखी लिएर सम्पुर्ण क्षेत्रमा प्रगती गरेकको बताउनुभयो ।

अर्को प्रसङमा बोल्दै उहाँले सरकारका काम देखेर विपक्षीको निन्द्र हराएको भन्दै प्रतिपक्षीको कटाक्ष गर्नुभएको छ । आफु प्रधानमन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको साथै २ सय ३५ वटा पुल बनेको भन्दै देशमा विकाशको गति वढेकाले विपक्षि आत्तिएको बताउनुयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुप्रतिक्षित दमक चिसापानी रबि सडकको शिलन्यास गर्नुभयो । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमका बिच ओलीले शिलन्यास गनुभएको हो । सो सडकको ३ खण्डमा काम भईरहेको भौतिक पूर्वधार मन्त्री बसन्त कुमार नेम्बाङ्गले बताउनुभयो । आज नै ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सडकको, दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको चाँबी समेत समुदायमा हतान्तरण गर्नुभएको छ । सो नमुनावस्ती दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा लागतमा सम्पन्न भएको हो । प्रधानमन्त्री ओली आजै काठमाडौ फर्किनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर