२७ माघ झापा । झापाको गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियू गौरादह बहुमुखी क्याम्पस कमिटी गठन भएको छ । अनेरास्ववियूका नेता सर्मपण खतिवडाको प्रमुख अतिथ्यतामा अनिस खड्काको नेतृत्वमा ४१ सदस्य क्याम्पस कमिठी गठन गरिएको हो । गठित कमीटीको उपाध्यक्षमा सुमना भण्डारी, सचिवमा इश्वर नेपाल, सहसचिवमा राजेश बराल र कोषाध्यक्षमा अस्मीता ताजपुरिया मनोनित हुनुभएको छ ।
कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियू गौरादह नगर इन्चार्ज हुकुम नेपाली, अनेरास्ववियूका नेता एवं गौरादह बहुमुखी क्याम्पसका स्ववियु सभापति कमल पौडेल लगायतको उपस्थिति रहेको नवगठित कमिटीका सचिव इश्वर नेपालले जानकारी दिनुभयो ।