प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह नगर झापाको दमक पुगेर आज जिल्लावासीहरुलाई बडादशैँको शुभकामना दिनुभएको छ । आफैले आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले समस्त जिल्लाबासीहरु लगायत नेपालीहरुमा दशैँ, तिहार तथा छैँठ पर्व २०७६ को शुभकामना ब्यक्त गर्नुभएको हो ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दे उहाँले महान चाड बडादशैँले नेपालीहरुलाई एकतित्र बनाएर आपसी भातृत्व सम्वन्ध कायम गराउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । नेपालमा मनाईने यसखाले चाडपर्वहरुले नेपाल र नेपालीको विशेषतालाई जिवन्त रोखेको पनि उहाँले स्मरण गराउनुभयो । त्यस्तै प्रसङ्गमा उहाँले पछिल्लो समय बडादशैँ कुनै एक नस्लको मात्र चाड भएको भन्दै समाजलाई विकेन्द्रित गर्ने प्रयास भईरहेको बताउनुभयो ।
नेपाली समाजलाई सुडान र युगाण्डा जस्तै बनाउने प्रयासमा केहि अराजक तत्वहरु लागि परेको भन्दै उहाँले नेपाली जनतालाई सचेत रहन आग्रह गर्नुभयो । सत्य र नारी शक्तिको रुपमा देवि दुर्गा भवानी प्रकट भई असत्य दानव मैसासुरको वध गरेको हुनाले यो पर्व समस्त नेपालीहरुको पर्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रि ओलीले अर्को प्रसङ्गमा बोल्दै ऐहासिक रुपमा यस बर्ष देशमा असाधरण विकाश भएको बताउनुभयो । नेपालको ईतिहासमा नै यो बर्ष पहिलो पटक १६ सय किलोमिटर सकड कालोपत्रे भएको बताउनुभयो । त्यसैगरी ऐतिहासिक रुपमा ४ सय भन्दा बढि पक्कि पुल साथै ४ सय भन्दा बढी झोलुङ्गे पुल निर्माण भएको र अफ्ठ्या ठाउँका तुईनहरु समेत बिस्थापित भएको बताउनुभयो । तर यति धेरै विकाश हुँदा पनि विपक्षी र अराजक तत्वहरु भने भ्रामकता फैलाउनमा नै लागि परेको उहाँले आरोप लागउनुभयो । ‘हालै मात्र नेपाल ऐतिहासिक रुपमा खुल्ला दिशा मुक्त देश घोषणा भएको छ । यो हामि सवैको गर्वको विषय हो’ उहाँले भन्नुभयो, ‘अव सडकमा मागेर खाने भिखारीलाई पनि सरकारले हेर्छः हामि भिखारी मुक्त देश बनाउछौँ । आउदो बर्ष देखिनै विद्यालय नजाने वालवालीकाको संख्यालाई पनि शुन्यमा झार्छै ।’
त्यस्तैगरी उहाँले नेपालमा संविधान भन्दा कोहि माथी नरहेको पनि स्पष्ट पार्नुभयो । ‘गल्ति गर्नेले सजाय पाउछ, चाहे त्यो भिआईपि होस या सामान्य नागरीक’ उहाँले भन्नुभयो । अर्को प्रसङ्गमा उहाँले समाजमा हिंसा र अशान्ती मच्चाउनेका लागि कि जेल कि निशेध नै उत्तम विकल्प रहेको पनि बताउनुभयो । विप्लव समुहलाई ईङ्कित गर्दे उहाँले शान्ति स्थापनाकालागि बार्तामा बोलाउदा नआउने तर समाजमा चन्दा आतङ्क, गुण्डागर्ती जस्ता कुकर्म गर्ने छुट कसैलाई नभएको भन्दै त्यस्तालाई कित जेल कित निशेध नै अन्तिम विकल्प रहेका बताउनुभयो ।
चियापान कार्यक्रममा संघिय संसदका उपसभामुख डा। शिवमाया तुम्वाहाङ्फे, प्रदेश न। १ का प्रमुख डा। गोविन्दबहादुर तुम्वाहाङ्, नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्रि कृष्णप्रसाद सिटौला लगायत नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।