निशेष राई सत्यरुप/ ५ माघ । प्रदेश न. १ मा मन्त्रिमण्डल विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्रि शेरधन राईले सोमबार आफ्नो मन्त्रिमण्डलमा थप नयाँ ४ राज्यमन्त्रिहरु नियुक्त गर्दे सपथ ग्रहगण गराउनुभएको हो । प्रदेश १ को प्रदेश प्रमुखको कार्यलय विराटनगरमा भएको सपथग्रहण कार्यक्रममा प्रदेश सांसदहरु रामबहादुर रानाले भूमी ब्यवस्था, कृषि तथा सहकारी विकाश राज्यमन्त्रि, अम्बिर बाबू गुरुङले भौतिक पुर्वधार बिकाश राज्यमन्त्रि, जसमाया गजमेरले सामाजिक विकाश राज्यमन्त्रि र विजय कुमार विश्वासले पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्रिमा सपथ ग्रहण गर्नुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा १ न. का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, मुख्यमन्त्रि शेरधन राई, प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्रि हिक्मत कार्की, भौतिक पुर्वधार तथा योजना मन्त्रि ईन्द्रबहादुर आङ्वो, सामाजिक विकाश मन्त्रि जिवन घिमीरे, वन तथा वातावरण मन्त्रि जगत कुशियत लगायत प्रदेश न. १ का विभिन्न स्थानिय तहका जनप्रतिनिधी तथा नेकपाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको फोटो हेर्नुहोस्ः