सोलुखुम्बुको सगरमाथा क्षेत्रमा चिसोका कारण विकास निर्माण ठप्प

२४ पौष, सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उनको भनाइ छ । हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो..

ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

२४ पौष, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात माघ ६..

कोशीको सभामुख राप्रपाको पोल्टामाः झापाका अम्बरबहादुर विष्ट निर्विरोध हुने सम्भावना

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । सभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा..

तस्करीको आशंकामा ४७ केजी चाँदीसहित तीन जना पक्राउ

२३ पौष, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । तस्करीको चाँदी भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँबाट उक्त चाँदी बरामद गरिएको हो ।

‘नेक’बाट उत्तिर्ण १९२ जना विद्यार्थीको विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जोड

२३ पौष, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् । विदाई कार्यक्रममा बोल्दै..

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा ५२ जनाको उम्मेदवारी दर्ता

२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा मनोनयन दर्ता भएको छ । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको समयमा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।..

उर्लाबारी–३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, खेलाउनेलाई ५ रुपौँया जरिवाना

२३ पौष,  मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुव्र्यसनमा फसाउन सघाउ पुगेको दाबी गरे । वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए । सार्वजनिक..

बंगलादेश निर्वाचनः विवादका बीच शेख हसिना चौथो पटक विजयी

२३ पौष, काठमाण्डौँ । प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी छिन् । द डेली स्टारका अनुसार हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । बंगलादेशी जातीय संसद्मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ । नवगाउँ–२ मा भने स्वतन्त्र उम्मेदवारको मृत्यु भएकाले चुनाव..

जंगली हात्तीको हुल चुरे पहाडतर्फ उक्लिन थाल्यो, स्थानिय त्रसित

२३ पौष, झापा । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् । मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए । ‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा-लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा..

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

१८ पौष, काठमाडौं । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन । मुख्य..