विशेष

बेलिङघमको गोलमा इंग्ल्याण्ड विजयी
३ असार । जुड बेलिङघमको गोल मदत्तमा इंग्ल्याण्ड सर्बियालाई १–० ले पराजित गर्दे युरो २०२४ मा विजयी सुरुआत गरेको छ। समूह सी अन्तर्गत आइतबार राति गेलसेनकिरचेन स्टेडियममा भएको खेलमा बेलिङघमहले १३औ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २० वर्षीय बेलिङघमले साको प्रहार डिफ्लेक्ट हा त्यसमा हेड गोल गरेका थिए । कप्तान ह्यारी केन पनि गोल नजिक पुगेका थिए । तर, जारोड वावेनको क्रसमा केनको प्रहार सर्वियाका..

बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ प्रधानमन्त्री प्रचण्डको भनाई
३ असार । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको..

विश्वकपमा जितविहीन हुँदै बाहिरियो नेपाल
३ असार । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र..

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख बनाइने
२ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन्। श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्याउने तयारी गरेको बताएका हुन् । ‘वैदेशिक रोजागरीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाइ १० लाखसम्म पुर्याउँने प्रस्ताव..

पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान
२ असार । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् । सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवद्र्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो । यसैगरी एसियाली..

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
२ असार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।..

प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत
२ असार । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्। बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । उनले नीतिगत असहमतिको ब्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरूले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने..

असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेर गर्ने तयारी
२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । ‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न । उहाँ फर्केलगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’ सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक..

पूर्वी भू–भागमा मनसुनी प्रभाव शुरु
२ असार । झापासहित देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव शुरु भएको छ । बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा..

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी
२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ। पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”..