विशेष

इलामका बाढीपीडितलाई मन्त्री घिसिङले गरे राहत वितरण, भोलिसम्म सडक खुलाउन निर्देशन
इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् । मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ । शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै..

विर्तामोडमा दुई लाख १५ हजार सहित ११ जना जुवाको खालबाट पक्राउ
२५ असोज, झापा । गएराति झापाको बिर्तामोड–८ किसनभिट्टास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–८ का ३५ वर्षीय कालीप्रसाद राजवंशी, ५३ वर्षीय भानु दाहाल, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिपप्रसाद राजवंशी, ५० वर्षीय ओमनाथ उप्रेती, २५ वर्षीय निरज रोक्का, २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुबेर मैनाली, २६ वर्षीय मनोज पौडेल, ३७ वर्षीय स्वस्तिक ओली र ३०..

दमकमा एक ब्यक्ति मृत फेला, हत्या आशंकामा दुई जना पक्राउ
२५ असोज, झापा । झापाको दमक–७ स्थित पशुहाटमा शुक्रवार साझ एक व्यक्ति मृत फेला परेका छन् । पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शब फेला परेपनि शवको हालसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार शवको प्रकृत्ति हेर्दा दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ । अन्दाजी ५० वर्षीय पुरुषाको मृत्यु शंकास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको अवस्थामा..

झापाका बाढीपीडित अझै सडकमा
झापा । बाँसको चित्रामाथि माटोले लिपेर बनाइएको घर अब बस्न सकिने अवस्थामा छैन। घरमा राखिएका अन्नपात पानीले भिजेर खानै नसकिने भएका छन्। हेर्दा घर सग्लो देखिए पनि भित्र कुनै सामान बाँकी छैन — सबै पानीले भिजेका छन्। अन्ततः झापाका बाढीपीडित सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। ‘सडकमा सामूहिक रूपमा खाना बनाएर खान्छौँ। सडकमै बास छ हाम्रो,’ झापा गाउँपालिका–२ सुगाबथानका धरमलाल हेमरम भन्छन्, ‘घरमा राखेका अन्नपात केही पनि बाँकी छैन। सुरुमा बाढीबाट..

बाढी–पहिरोबाट कोशी प्रदेशमा मात्रै २ अर्ब ६ करोड बढीको क्षति
इलाम । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट कोशी प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजनाहरु गरेर २ अर्ब ६ करोड बढीको क्षति भएको सरकारले जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी..

इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
विराटनगर । कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिले सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका ८ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्राकृतिक विपत्तिपछिको अवस्थाबारे छलफल गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको..

थरीथरीका जेनजी : रोडम्याप अस्पष्ट
काठमाडौँ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ । जेनजी प्रतिनिधिको रूपमा पछिल्लो समय देखा परेका अनुहारमध्ये कतिपयले यही संविधान अनुसार हुने निर्वाचनले जेनजी पुस्ताको माग र आकाङ्क्षा सम्बोधन नगर्ने तर्क गरिरहेका छन् भने कतिपयले..

कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितलाई पठायो राहत सामग्री
विराटनगर । कोशी प्रदेश सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको जिल्ला इलाममा राहत सामग्री पठाएको छ । पहिरोबाट विस्थापित परिवारका लागि अत्यावश्यक सामग्रीहरू तत्कालका लागि हेलिकप्टरमार्फत प्रदेश सरकारले पठाएको हो । जिल्लाको माङसेबुङ गाउँपालिका र इलाम नगरपालिकामा पहिलो चरणमा राहत सामग्री पठाएको हो । विस्थापित परिवारको तथ्यांक संकलन भइरहेकाले क्रमिक रूपमा राहत सामग्री पठाउने प्रदेश सरकारले जनाएको छ । यातायात अवरूद्ध हुँदा सबै ठाउँका प्रभावितहरूको तथ्यांक संकलन गर्न बिलम्व भइरहेको..

राहतको पोको खोल्दै कोशी सरकार, केन्द्रको मुख नताक्ने
विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् । ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’..

फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ । नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको..