बागमती प्रदेश

काठमाडौंमा गर्मी बढ्यो
३१ जेठ । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको हो । काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार (आज) पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल..

काठमाडौँ महानगरका निजी विद्यालयमा डेढ लाख विद्यार्थी भर्ना
२४ जेठ । यस शैक्षिक सत्रमा काठमाडौँ महानगरका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएका छन् । काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्– 'हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै..

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
१९ जेठ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ..

काठमाडौंमा आगलागीबाट एक युवकको मृत्यु
१४ जेठ, काठमाडौं । टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ । बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण..

काभ्रेमा दम्पतीको हत्या
९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण
६ जेठ । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ । आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ । वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ । यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि..

ललितपुर आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु
६ जेठ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जय ग्वार्काेस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए..

ललितपुर चोरीको घटनामा संलग्न ६ जना पक्राउ
५ जेठ । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा..

आगलागीमा घाइते भएका दुई बालिकाको मृत्य
२५ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्काेस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते..

काठमाडौँ महानगरपालिमा गरिब घरपरिवारको गणना सुरु
२५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, “बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार..