नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित

१६ जेठ ।  नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका छन् । उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१०..

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहितको रिटको पेसी आज हुँदै

१६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको पेसी आज (बुधबार) का लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न..

कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेशी आज

१६ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता..

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु

१५ जेठ । बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत छ । मन्त्रिपरिषदबाट बजेट स्वीकृत भएलगत्तै संसद्को संयुक्त बैठकमा पेस हुनेछ। ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दैछन् ।

यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको ‘टीओआर’

१५ जेठ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाइएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यादलको बैठकबाट मंगलबार त्यसलाई अन्तिम रूप दिइएको हो। प्रतिनिधिसभाको आज बस्ने बैठकबाट उक्त समिति बनाइने नेताहरूले बताएका छन् । कार्यादेशको पूर्णपाठ पढ्नोस्– पृष्ठभूमि : संघीय संसद्मा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलका प्रतिनिधिसभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा..

व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा आक्रोश बढेको छ- गगन थापा

१५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण । आज १७ औँ गणतन्त्र । व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष..

दलहरुबीच सहमति भएपछि सदनको गतिरोध अन्त्य

  १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबीच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र..

कांग्रेसले पत्रकार सम्मेलन गर्ने

१५ जेठ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति म‌ंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार..

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिने देउवाको भनाई

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका..

संक्रमणकालीन न्यायका बाँकी काम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्ड’को भनाई

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य पूरा भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको समेत दाबी गरे ।..