कोशी प्रदेशका एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालयमा

२६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक..

पार्टी विभाजन भए पनि सरकारको समर्थन कायमै छ- उपेन्द्र यादव

२६ बैशाख । जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् । बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।” उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए..

सुहाङले गरे शपथ ग्रहण

२६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख..

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

२६ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा..

शीर्ष नेताहरुबीच बैठक सुरु

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् । प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि..

उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेत होः ओली

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेतको रुपमा भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा..

असोक राईको नेतृत्वमा पार्टी विभाजनका लागि दिइएको निवेदन अवैधानिक छः मनीष सुमन

२४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । जसपा प्रवक्ता मनीषकुमार सुमनले आज विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै..

संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली

२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..

राजनीतिले मात्रै देश बन्दैन- प्रदीप ज्ञवाली

  १९ बैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिले मात्रै देश नबन्ने बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा सुरु भएको साहित्य सम्मेलन तथा नेपाल भारत गोष्ठीमा बोल्दै उनले राजनीतिले मात्रै देश सम्बृद्ध नहुने बताए। नयाँ पुस्ता राजनीतिप्रति असन्तुष्ट र निराशा रहेको बताउदै उनले हरेक देशले कठिनलाईले सफलता प्राप्त हुने बताए। ‘आजको अमेरिका बेलायत, चीन निकै कठिन परिस्थितिले अगाडि बढेर सम्बृद्ध बनेका हुन्’, उनले भने, ‘राजनीतिले मात्रै देश बन्दैन। समाजमा..

प्रधानमन्त्री प्रचण्ड भन्छन्- युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ

१९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् । ‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन..