प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ । आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख..

ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

५ जेठ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई पोस्ने गरी निणर्य गरिएको भन्दै इलामको माङसेबुङ गाउँपालिकामा विरोध सुरु भएको छ । गाउँसभाबाटै ठेकेदार कम्पनीलाई पोस्ने खालको निणर्य भएको भन्दै एक वडाअध्यक्षले लिखित रुपमा असहमति जनाएपछि सो निणर्य सार्वजनिक भएको हो । ठेक्का सम्झौताभित्र पर्ने सामग्री ढुवानी भाडाका लागि गाउँसभाबाट रकम विनियोजन भएपछि ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनमले असहमति जनाउनुभएको हो । माङसेबुङ गाउँपालिकासहित इलाम र पाँचथरमा पूर्ण विद्युतीकरणको ठेक्का पारेको..

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

४ जेठ । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख ‎परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावलल्भ अधिकारी नियुक्त भएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास..

ओली भन्छन्- संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो

४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् । उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ..

सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत

३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो । प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे । कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए ।..

माधव नेपाल भन्छन्- पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ

३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्‍यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ..

सभामुखलाई प्रधानमन्त्रीको फोन

३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद बैठक बस्नु अघि सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गरेका छन् । फोनमा प्रधानमन्त्री दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन् । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए। यसअघि आजको बैठक ११ बजे बोलाइएको थियो । प्रधानमन्त्रीको आग्रहपछि सभामुखले घिमिरेले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख..

दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

२६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् । बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन् । अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

२६ बैशाख । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले–माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए..

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक

२६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । अर्काे बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उनले बताए । यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत..