नेपालका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ। जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे..

अफगानिस्तान वेस्ट इन्डिजसँग १०४ रनको फराकिलो अन्तरले पराजित

४ असार ।  टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ। २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो । जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन..

आइडीए २१ बैठक सुरु

४ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल..

युरोकपको पहिलो खेलमै स्लोभाकियासँग बेल्जियम पराजित

४ असार । बेल्जियम युरोकपको पहिलो खेलमै स्लोभाकियासँग पराजित भएको छ। ड्यूश बैंक पार्कमा सोमबार राति भएको खेलमा बेल्जियम १-० गोलअन्तरले पराजित भएको हो। इभान श्रान्जले खेलको सातौं मिनेटमा गरेको गोल नै स्लोभाकियाको जितमा निर्णायक बन्यो। उनले जुराज कुक्काको पासमा गोल गर्का थिए। ५६औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले मान्यता दिएन। समूह ई कै अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलअन्तरले पराजित गरेको छ। रोमानियाको जितमा पहिलो हाफमा..

चट्याङले अचेत भएका इलामका युवाको मृत्यु

३ असार । इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यु भएको छ । चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका-९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

३ असार । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा

३ असार । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर एट समीकरण पूरा भएको छ। पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान..

२४ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

  ३ असार । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई..

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द

३ असार, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल..

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक ट्रोटसनबर्ग नेपालमा

३ असार । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन्। उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ।..