वर्षाले ढुवानी अवरोध हुँदा उपत्यकामा तरकारीको मूल्य बढ्यो

२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि काठमाण्डौँ उपत्यकामा तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आज गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ..

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२२ असार, सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले उच्च सतर्कता बढाइएको बताए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने..

अविरल बर्षाः बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति

२२ असार, काठमाण्डौँ । मनसुुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाले विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ । स्याङ्जाको बिरूवा गाउँपालिका–६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु..

अविरल वर्षाका कारण देशभरका ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द

२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट..

प्रचण्डलाई भेटेर माधव नेपालले भनेः ‘तपाईले ओलीलाई चिन्नुभएकै छैन’

२२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको विश्वासमा पर्दा एमाले–कांग्रेसको गठबन्धन बनेको बताएका छन् । आज (शनिबार) प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोन गर्दै उनले ओलीले हामी स्वर्ग, नर्क सँगै जाने भनी विश्वास दिलाएर एमाले–कांग्रेस गठबन्धन बनाएको बताएका हुन् । कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार सञ्चलानका सम्बन्धमा लामो छलफल गरेको उनले बताए..

मेयर चढेको गाडी खहरे खोलामा भासियो

२२ असार, दाङ । दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासिएको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो । लमही नगरपालिका–९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेको थियो । त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो । गाडीमा सवार सबै सकुशल रहेको नगरपालिकाले जनाएको..

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

२० असार, झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन..

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको उल्लेख गर्दै उनले पार्टीको नेतृत्व सर्व सहमतिमा टुंग्याउने प्रयास भइरहेको बताए । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो,..

एआईजीका लागि बढुवा सिफारिसमा परेर बधाई खाएका पोषराज पोखरेल रित्तै

२० असार, काठमाण्डौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक–एआईजीका लागि बढुवा सिफारिसमा परेका नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशको मुखमा पुगेका छन् । बिहीबार राती १२ बजेसम्म बढुवा नभए उनी डीआईजीबाटै अवकाश पाउने छन् । त्यसो त उनी एआईजी भइहाले भएपनि बिहीबार रातीबाटै अवकाशमा जानेछन् । उनले उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष रहेको छ । पोखरेल हालका आईजीपी वसन्तबहादुर कुँवरका..

प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको आग्रह

२० असार, काठमाण्डौँ । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले आज बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ । ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने..