आगामी तीन दिन रातिको समयमा भारी वर्षाको सम्भावना

१३ साउन, झापा । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै–कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक–दुई स्थानमा अति भारी..

काँकडभिट्टा नाकाबाट २ अर्ब ९६ करोडको काठका सामान निर्यात

१२ साउन, झापा । आर्थिक वर्ष २०८०।८१ मा पूर्वी नाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार..

आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरीएको शव उत्खनन

१२ साउन, गोरखा । आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव प्रहरीले उत्खनन गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद देखिएकाले शव उत्खनन गरि पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए..

कोशी प्रदेशः कांग्रेस–एमाले ४–४ वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति

१२ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । आज शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् । मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै..

कोशी प्रदेशः कांग्रेस र एमाले मन्त्रालय भागबन्डामा सहमति नजिक

१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चाररचार वटा मन्त्रालय राख्न सहमति गरेका हुन् । औपचारिक छलफल भने शनिबार हुनेछ । नेकपा एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले..

पेरिस ओलम्पिकको भव्य उद्घाटनः श्यान्टु र मनिताले बोके नेपालको झण्डा

१२ साउन, काठमाण्डौँ । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि..

प्रधानमन्त्री ओलीको सचिवालयमा आधा हातले कम्प्युटर चलाउने गणेश राई पनि

११ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनरागमन भएसँगै आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईले पनि सचिवालयमा पुनः अवसर पाएका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए । तर उनी प्रधानमन्त्रीबाट बहिर्गमन भएसँगै गणेशलाई पनि हटाइएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुनः गणेशलाई अवसर दिए । हाल पुनः ओली प्रधानमन्त्रीको कुर्सीमा आएपछि गणेशको खोजी गरेको एमाले..

पूर्वसांसदले मागे सुविधा

११ साउन, काठमाण्डौँ । पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा आज शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो । पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्वसांसद मञ्चलाई गृह..

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

११ साउन, विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए । त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिईन् । उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी..

यूएईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपाली छुटे

११ साउन, काठमाण्डौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् । श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको..