स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै इलाम नगरपालिका

४ माघ, इलाम । इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास देखि ५ सम्मका झन्डै ८ सय जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । इलाम नगरपालिका प्रमुख केदार थापाले न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबारबाट पहिलो चरणमा सुरु गरेको बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काका अनुसार इलाम नगरपालिकाले शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै..

फोहरमा नवजात शिशुको शव फेला

४ माघ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले फोहोर सङ्कलन गरी लगेको थियो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको..

वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..

बजेट अभावले पूर्व–पश्चिम रेलमार्गको काममा ढिलाई

४ माघ, काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काममा ढिलासुस्ती देखिएको छ । बजेट थोरै हुँदा आयोजनाको निर्माण कार्यले गति लिन नसकेको सरोकारवाला निकायले जनाएको छ । सुरुको खण्ड बर्दिवास–निजगढ (७० किमी) को ट्रयाकवेड तथा सो खण्डमा पर्ने १५ वटा रेल पुल निर्माणको कार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६५ किलो मिटर ट्रयाकवेड र १३ वटा..

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार

४ माघ, बागलुङ । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए ।

पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन ओलीको निर्देशन

४ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले..

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

२९ पौष, विराटनगर । वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको..

पूर्वी तराईमा चिसोका कारण जनजिवन प्रभावित

२९ पौष, विराटनगर । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक..

सत्तारुढ गठबन्धनको बैठक बस्दै

२९ पौष, काठमाण्डौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ । आजको बैठक..

ओलीको मति अझै सुध्रिएको छैन रहेछः माधव नेपाल

२५ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे । उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको..