आर्थिक

सुनको मूल्य घट्यो
१२ कार्तिक, काठमाण्डौँ । सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ । गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक..

दशैंका लागि बैंकिङ प्रणालीबाट ७६ अर्ब बाहिरियो
११ कार्तिक, काठमाण्डौँ । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए । साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए । ‘दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद..

असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब
११ कार्तिक, काठमाण्डौँ । चालू आर्थिक वर्षको असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ । आज भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आवको असोज महिनासम्म देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । त्यसमा देशको आयात चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने देशको..

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने संकेत
१० कार्तिक, काठमाण्डौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी..

पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने
२८ असोज, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।

‘मनी लाउण्डरिङ्ग’ विधेयक संसदीय समितिबाट पारित
२४ असोज, काठमाण्डौँ । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उपसिमितिले आज बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो । समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने)मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । साथै क्यासिनो सञ्चालनको..

मौद्रिक नीति र बैंकले तोकेको ब्याजदरमा सरकारले हस्तक्षेप गर्नुपर्ने मन्त्रीपरिषदमा प्रस्ताव
२० मंसिर, काठमाण्डौँ । मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीहरुले गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखेको गृहमन्त्रालय सचिवालय स्रोतले जानकारी दिएको छ । सरकारले यस विषयमा निकास ननिकाले उद्योग, व्यवसाय र..

निर्वाचनको प्रभावः बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब निक्षेप थपियो
२ मंसिर,, काठमाण्डौँ । चुनावको बेला हुने खर्चले अर्थतन्त्र चलायमान बनाउँने र आर्थिक वृद्धिदरमा समेत टेवा दिने गरेको विगतका चुनावमा भएको आर्थिक वृद्धिले देखाउँछ । यसको एउटा सूचक बैंकमा नयाँ निक्षेप थपिनु हो । बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब रूपैयाँ आएको छ । मंगलबारसम्म ५१ खर्ब ६८ अर्ब निक्षेप रहेकोमा बुधबार १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब पुगेको छ । वाणिज्य बैंकमा मात्रै १३ अर्ब थिपएको हो ।..

झापाको बिर्तामोडबाट शंकास्पद् दुई वटा ट्रक नियन्त्रणमा, अनुसन्धानका लागि काठमाडौं पठाइयो
१ भाद्र, झापा । झापाको बिर्तामोडबाट सशस्त्र प्रहरीले शंकास्पद् दुई वटा ट्रकलाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएको ट्रक अनुसन्धानका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेले जनाएको छ । शनिश्चरेको टोलीले मंगलवार राती साढे ८ बजे बिर्तामोड–५ स्थित पाथीभरा टोलबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार छलेर ल्याइएको २ वटा ट्रकमा थान कपडा हुन सक्ने शंका गरिएको छ । ट्रकबाट अनलोड गर्दै गरेको अवस्थामा..

मेची यातायात व्यवस्था कार्यालयले ८६ करोड राजस्व सङ्कलन गर्यो
२० श्रावण, झापा । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड रुपैया रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो । कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू..