आदिवासीजनजाती विद्यार्थी महासंघले बुझायो दमक बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र

आदिवासीजनजाती विद्यार्थी महासंघले बुझायो दमक बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र

२७ माघ, झापा । आदिवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रसासन र स्ववियुलाई ज्ञापन पत्र बुझाएको छ । आदीवासीजनजाती विद्यार्थीहरुले क्याम्पसबाट प्राप्त गर्नुपर्ने छात्रावृत्ती विगत केही बर्ष देखी नै नपाएको भन्दै विद्यार्थीहरुले त्यस्को चर्को विरोध समेत गरेका थिए ।
आदीवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष संजय ईङ्नामको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई ज्ञापन पत्र बुझाएका थिए । स्ववियु पदाधीकारीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भएपनि पदाधीकारीलाई नभेटेपछि स्ववियु भवनमा ज्ञापन पत्र टास गरेको अध्यक्ष ईङ्नामले बताए ।

तिन बुदे ज्ञापनपत्रमा आदीवासीजनजातीले पाउनु पर्ने छात्रावृत्ती ७ दिन भित्रमा निश्कासन गर्न चेतावनी दिईएको छ । हेर्नुहोस् ज्ञापन पत्र जस्ताको त्यस्तैः

प्रतिक्रिया:

सम्बन्धित खवर