प्रदेश–२ मा एमाले सांसदद्धारा सांसद विकास कोष खारेजीको माग

प्रदेश–२ मा एमाले सांसदद्धारा सांसद विकास कोष खारेजीको माग


२६ असार, काठमाण्डौँ । प्रदेश–२ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गर्नुभएको हो ।

बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन भन्दै उहाँले प्रदेश सभामा प्रश्न गर्नुभएको छ । यसको जवाफ आज पनि पाउन नसकेको भन्दै सांसद विकास कोषको रकम बढाउने मागका कारण सहमती नजुटेका बताउनुभयो । ‘त्यसैले म सांसद विकास कोष नै खारेजको माग गर्दछु ।’–यहाँले बताउनुभयो ।

असार १ मा अर्थमन्त्री विजय यादवले बजेट प्रस्तुत गरेर टेबल गर्ने बेलामा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गर्नुभएके थियो । प्रत्यक्ष सांसदलाइ ३ करोडबाट ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडबाट अढाई करोड र्पुयाउनुपर्ने उनीहरूको माग छ ।

सांसद यादवले सांसद विकास कोष नै खारेज गर्नुपर्ने माग गरेपछि सदनमा धेरै सांसद चकित भएका छन् । उहाँले छोरीलाई पैत्रिक सम्पत्तिमा हक नपाउने गरेको जस्तै केन्द्रदेखि प्रदेशसम्म समानुपातिक र प्रत्यक्ष निर्वार्चित सांसदमा विभेद भइरहेकोमा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर