भारतीय प्रधानमन्त्री मोदीद्धारा पहिलोपटक मन्त्रीमण्डल हेरफेर

भारतीय प्रधानमन्त्री मोदीद्धारा पहिलोपटक मन्त्रीमण्डल हेरफेर


२४ असार, काठमाणैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरेका छन् । मन्त्रिपरिषदका ४३ सदस्यहरुले बुधबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् ।

यससँगै मोदी नेतृत्वको मन्त्रिपरिषद ७७ सदस्यीय बनेको छ । मन्त्रिपरिषदमा ३६ जना नयाँ अनुहार छन् भने सात जना पुरानै मन्त्रीहरुको भूमिका थप बढाइएको छ । प्रधानमन्त्री मोदीले विज्ञान तथा प्रविधि मन्त्रालय आफैंसँग राखेका छन् । पहिलो पटक अस्तित्वमा आएको सहकारिता मन्त्रालय गृहमन्त्री अमित शाहलाई थपिएको छ ।

कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने नागरिक उड्डयन मन्त्रालय पाएका छन् ।

मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरका निशिथ प्रामाणिक छन् । पश्चिम बंगालबाट संसदमा प्रतिनिधित्व गर्ने ३५ वर्षीय निशिथलाई खेल तथा युवा राज्यमन्त्री बनाइएको छ । यसैगरी सबैभन्दा ज्येष्ठ मन्त्रीको रुपमा ७२ वर्षीय सोम प्रकाश छन् । उनी वाणिज्य तथा उद्योग राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा ५० वर्ष मुनिका ११ जना छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर