सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न कृषि मन्त्री मगरको सुझाव

सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न कृषि मन्त्री मगरको सुझाव


४ बैशाख, झापा । प्रदेश एकका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले हरेक सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न सुझाव दिनुभएको छ ।

शुक्रबार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय मेचीनगर–६ काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना क्षेत्रमा उत्पादन भएका वस्तुलाई कसरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको विगतदेखि वर्तमानसम्मको स्थितिका बारेमा मन्त्रीसहितको टोलीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र काजीमान कागतेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर