शिबसताक्षी । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बिजय विश्वासले झापाको पर्यटकीय क्षेत्र दोमुखाको बिकाशमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
शुक्रबार झापाको शिबसताक्षी १० स्थित पर्यटकीय क्षेत्र दोमुखाको स्थलगत अवलोकन पछि राज्यमन्त्री बिश्वासले यस्तो बताउनुभएको हो । सो अवसरमा मन्त्री विश्वासले दोमुखा पार्क, कन्काई सिंचाई करिडोर, झोलुङगे पुल, चिल्ड्रेन पार्ककोसमेत अवलोकन गर्नुभयो । राज्यमन्त्री बिश्वासले झापाको पर्यटकीय क्षेत्र दोमुखाको समग्र विकाशमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
राज्यमन्त्री बिश्वासले शुक्रबारनै कन्काई नगरपालीकामा रहेको ह्यापीलेण्डको समेत स्थलगत अवलोकन गर्नुभएको नेपाल कम्यनिष्ट पाटी (नेकपा) शिवसतासी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताउनुभयो । सो अवसरमा नगरका नेकपाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।