२३ चैत्र, काठमाण्डौँ । प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट वर्खास्त गरेको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासदबाट वर्खास्त रेको हो ।
सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार पदमुक्त गरेको पत्र तयारी भईसकेकाले आज नै प्रदेशसभामा जानकारी तयारी छ ।
दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई गत चैत्र १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तर मन्त्री आङ्बुहाङले स्पष्टीकरणको जवाफ दिनुभएन । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।