२१ चैत्र, काठमाण्डौँ । ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।
सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएपछि दुर्घटना भएको बीबीसीले जनाएको छ ।
लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।
राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।