५ फाल्गुन, काठमाण्डौँ । अमेरिकाको टेस्साससहितका केही राज्यमा हिमआँधीले जनजिवन प्रभावित बनाएको छ ।
हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन । बीबीसीका अनुसार केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ ।
अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन ।