बेलायतमा पुनः लकडाउन

बेलायतमा पुनः लकडाउन


२१ पौष, काठमाण्डौँ । नयाँ स्वरुपको कोरोना भाइरसको संक्रण देखिएपछि बेलायतमा पुनः लकडाउनको घोषणा गरिएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् ।

बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा लामो लकडाउन कायम भएको थियो भने नोभेम्बर ५ देखि ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री जोन्सनले खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न आग्रह गरेका छन् ।

मंगलबारदेखि नै स्कुल, कलेजहरु पनि बन्द भएका छन् । अव पुनः अनलाइन कक्षाबाट पढाई गर्नसमेत उनको निर्देशन रहेको छ । हालको लकडाउन फेब्रुअरीभर कायम हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर