अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई

अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई


१२ पौष, काठमाण्डौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री राईविरुद्ध आजमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईको यस्तो प्रतिक्रिया आएको हो ।

‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको हो’, मुख्यमन्त्री राइको भनाइ छ ।

उहाँले त्यसरी आएको अविश्वास प्रस्तावको सामना आरामले गर्ने समेत बताउनुभएको छ । ‘यसको सामना म आरामले गर्छु । किनभने प्रदेश सभामा विवेक भएका सांसदहरु हुनुहुन्न्छ,’ राईको भनाइ छ ।

आज प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेको छ । राईमाथि आज अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर