चुलाचुली रंगमञ्चको ८ औं बार्षिकोत्सव सम्पन्न

चुलाचुली रंगमञ्चको ८ औं बार्षिकोत्सव सम्पन्न

३० मंसिर, इलाम । इलामको चुलाचुलीमा अवस्थित चुलाचुली रंगमञ्चले आफनो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।

चुलाचुली–४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले वताउनुभयो ।

सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु गर्दैआएको छ । बार्षिकोत्सव कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गँुरास सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष भट्टराईले गाउँमा नेपाली कला, साहित्यको विकासमा टेवा पुरयाँउन चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाख सम्मको बजेट निकास गर्न पहल गर्न आफूले साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

रंगमञ्चले यसअघि गतवर्षको ७ औं बार्षिकोत्सवमा भने श्रष्टा समेत रहेका मोरङ पथरीका पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान गरेको थियो । वि.स. २०६५ सालमा स्थापना भएको सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270