सुनकोसी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न १२ कम्पनी ईच्छुक

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न १२ कम्पनी ईच्छुक


२२ मंसिर, काठमाण्डौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले प्रस्ताव पेश गरेका छन् । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीय मुलुकका निर्माण कम्पनीले प्रस्तावना पेश गरेको सिंञ्चाइ विभागले जनाएको छ ।

अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ ।

सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का हात पार्नेछ । करिब १५ अर्ब लागत अनुमनान गरिएको यो सुरुङको निर्माण थाल्न अझै एक वर्ष समय लाग्ने अनुमान विभागको छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको ठेक्का लाग्ने चरणमा छ । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य पनि रहेको छ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर