मोरङको उर्लावारीबाट ७ जना जुवाडे पक्राउ

मोरङको उर्लावारीबाट ७ जना जुवाडे पक्राउ

१२ मंसिर, मोरङ । मोरङको उर्लावारी नगरपालिका–९ बाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे तीन लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका(३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका ५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर