५ मंसिर, सनुरी । सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका ६ बाट ४ जना र हिजो बिहान ईनरुवा नगरपालिका १० बाट एक जनालाई पक्राउ गरेको हो ।
ईनरुवा नगरपालिका ६ बाट पक्राउ परेकाहरुको साथबाट डाईलेक्स डिसी एक सय एमएलको १४ बोतल, स्पास्मो प्रोक्सिभन ८ क्याप्सुल, नाईट्रोभेट–१० लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल थान ५ र मोटरसाईकल एक थान सहित स्थानीय नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर पक्राउ परेका हुन् ।
यसैगरी ईनरुवा नगरपालिका १० बाट हरिनगर गाउपालिका ४ का २७ बर्षीय नौसाद अन्सारीलाई डाईलेक्स डिसी एक सय एमएलको ३९ बोतल, स्पास्मो प्रोक्सिभन ७२ क्याप्सुल, नाईट्रोभेट–१० लेखिएको ७७ ट्याब्लेट र १ थान मोवायल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।