दाङमा ट्रककको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

दाङमा ट्रककको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु


२६ कार्तिक, दाङ । दाङमा ट्रककले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्युु भएको छ । गएराती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खड्काले बताउनुभयो ।

ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर