२५ कार्तिक, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा मंगलबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
आज (मंगलबार) विहान ८ः३० बजे झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई कोरोना पोजिटिभ देखिएपछि कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो ।
त्यस्तै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको विहान ८ः२० मृत्यु भएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि स्वासप्रश्सनमा समस्या भएका पुरुषलाई उपचारका लागि कार्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।
यता मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको पनि बिहान ६ः३० बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।
यसैगरि झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको विहान ५ः४५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कार्तिक १५ गते उपचारका लागि भर्ना गरिएको थियो ।
उता उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कार्तिक २२ गते भर्ना गरिएको उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।