जाजरकोटमा जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित ६ जनाको मृत्यु


२१ असोज, जाजरकोट । जाजरकोटको जूनीचाँदे गाउँपालिका–१ औलखोलामा जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जूनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अम्मरबहादुर शाही, सोही वडाको महेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृर्तीबहादुर शाही, अहेब खेमराज शाही, वडा नम्बर ५ का अहेब पदमा कार्यरत कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक एक जनाको पहिचान हुँन बाँकी रहेको र अझै एक जना बेपत्ता रहेका डिएसपी श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

सदरमुकाम खलंगाबाट जूनीचाँदे जाँदै गरेको जीप आज दिउँसो सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर