१६ असोज, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीहरुसंग आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत र सामाजिक विकास मन्त्री कुमार जीवन घिमिरेसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
सम्झौतामा मन्त्रीले गर्नुपर्ने काम समयसीमा लगायत विषय समावेश गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।