प्रदेश–१ का ल्याबहरूमा ‘रिएजेन्ट’ अभाव

प्रदेश–१ का ल्याबहरूमा ‘रिएजेन्ट’ अभाव

८ असोजm सुनसरी । प्रदेश–१ का कोरोना परीक्षण गर्ने ल्याबहरूमा पिसिआर परीक्षण गर्दा चाहिने केमिकल ‘रिएजेन्ट’ सकिएको कारण कोरोना परीक्षण गर्नमा समस्या भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधवार एक सुचना नै जारी गरेर प्रदेश र सङ्घीय सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेल सम्मलाई सरकारले तोकेको २ हजार शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने जनाएको छ ।

बीपीको मात्रै होइन प्रदेश–१ का अरू ल्याबहरूमा पनि रिएजेन्ट सकिएको कारण कोरोना परीक्षण गर्न समस्या भएको यसले गर्दा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण भइरहेको छ ।

यस्तै अवस्था केही दिन रही रहने हो भने अबको केही दिनमा अरू ल्याबबाट कोरोना परीक्षण बन्द हुने प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार सरकारले समयमै कोरोना परीक्षणका लागि रिएजेन्ट केमिकल उपलब्ध गराएन भने प्रदेश–१ मा कोरोना परीक्षण शून्य पनि हुनसक्छ । स्वास्थ्य सेवा विभागले कोरोना परीक्षणका लागि चाहिने रिएजेन्ट केमिकल कोरोना परीक्षण गर्ने ल्याबहरूमा अहिले उपलब्ध गराउन नसक्दा कोरोना परीक्षण दर पनि घटिरहेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270