ब्रबिम शेर्मा र सीता सिंगकको ‘ज्यानै हाजिर भो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ब्रबिम शेर्मा र सीता सिंगकको ‘ज्यानै हाजिर भो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


६ असोज, काठमाडौं । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको ‘ज्यानै हाजिर भो’ (सेवारो) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन र पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लिम्बू संस्कार अनि संस्कृति रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

चर्चित निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस-

प्रतिक्रिया:

सम्बन्धित खवर