२१ भाद्र, कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्याललाई कन्ट्रयाक्ट ट्रेसिङका आधारमा कोरोना परिक्षण गरिएको थियो ।
बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपनि अर्यालमा केही लक्ष्यण देखिएको छैन ।