झापा सहित प्रदेश–१ मा आज थपिए ९५ कोरोना संक्रमित

झापा सहित प्रदेश–१ मा आज थपिए ९५ कोरोना संक्रमित

१४ भाद्र, झापा । प्रदेश–१ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश–१ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश–१ मा कोरोना संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर