भारतीय विदेश मन्त्रालयले भन्यो–‘बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’

भारतीय विदेश मन्त्रालयले भन्यो–‘बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’

२५ श्रावण, काठमाण्डौँ । भारतले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नभएको स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयले भगवान बुद्धबारे धारणा सार्वजनिक गर्दै बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको उल्लेख गरेको हो ।

‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोमा कुनै शंका छैन’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतको आधिकारिक धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विदेश मन्त्रीको सीआइआइको कार्यक्रममा व्यक्त धारणा हाम्रो साझा बैद्ध धर्म र त्यस सम्पदासँग सम्बन्धित छ ।’

भारतीय विदेश मन्त्री एस जयशंकरले ‘भगवान बुद्ध महान भारतीय नागरिक’ भनी हिजो (शनिवार) एक भर्चुअल सम्मेलनमा अभिव्यक्ति दिएपछि नेपालमा चर्काे आलोचना भईरहेको छ ।

आलोचनापछि भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । उसले बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ ।

यसअघि नेपाल सरकारले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा सुस्थापित र अस्वीकार गर्न नसकिने भन्दै बुद्धको जन्मस्थानको विषय विवाद र बहसको विषय पनि नभएको स्पष्ट पारेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र पूर्व प्रधानमन्त्रीहरुले पनि यसबारे धारणा सार्वजनिक गर्दै बुद्धबारे भ्रम सृजना गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270