प्रदेश–१ मा ८२ प्रतिशत रोपाइँ

प्रदेश–१ मा ८२ प्रतिशत रोपाइँ

६ श्रावण, विराटनगर । प्रदेश–१ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार १ सय १३ हेक्टर धान लगाउने जमीनमा १९ हजार १ सय ८७ हेक्टर जमीनमा अर्थात ८० प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९ सय १६ हेक्टर जमीनमा ६८ हजार ४७८ अर्थात ७५ प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमीनमा एक लाख ९३ हजार ५ सय ५५ हेक्टर जमीनमा अर्थात ८६ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष रोपाइँ गर्न किसानले पानीको समस्या झेल्नु नपरेको हुँदा धानखेतीको क्षेत्र अझ बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270