२ श्रवाण, विराटनगर । प्रदेश–१ का २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।
यससंगै प्रदेश–१ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ ।
प्रदेश–१ मा आज १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा संक्रमितको संख्या सात सय ७५ पुगेको छ ।