दुई अर्व मुल्य बराबरका आठ सय कन्टेनर मरीच–सुपारी वीरगन्जमा अलपत्र

दुई अर्व मुल्य बराबरका आठ सय कन्टेनर मरीच–सुपारी वीरगन्जमा अलपत्र

१ श्रवाण, पर्सा । तेस्रो मुलुकबाट आयात गरिएको २ अर्व रुपैयाँ बराबरका आठ सय कन्टेनर मरीच, केराउ, छोकडा, सुपारी पर्साको सुख्खा बन्दरगाह भन्सार नाका वीरगन्जमा अलपत्र परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयात अनुमतिबिना ठुलो परिमाणमा भित्र्याइएको मरीच, केराउ, छोकडा, सुपारी दुई महिनाभन्दा बढी समयदेखि सुक्खा बन्दरगाहमा भन्सार वीरगन्जमा जाँच पास नभई अलपत्र परेको हो ।

आयातकर्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक पटक अनुमति माग गर्दै आएको भन्दै विभागले अनुमति नदिएपछि व्यवसायीले वस्तु निर्यातकर्तालाई नै फिर्ता गर्न पाऊँ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका छन् ।

गत चैत्र १६ मा सरकारले केराउ, छोकडा, मरीच, सुपारीलगायत वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले प्रतिबन्ध लगाउनुअघि नै सिपमेन्ट भएका बस्तु सुक्खा बन्दरगाह, कोलकाता र बिशाखापट्टनम बन्दरगाहमा आइसकेको हुँदा व्यवसायीहरूले आयात गरेका थिए ।

सरकारले चैत्र १६ मा मरीच, सुपारी, छोकडा, मटरमा आयात प्रतिबन्ध लगाएको कारण सामान भन्सारमै अलपत्र परेको व्यवसायीहरूले गुनासो गरेका छन् ।

आयातित सामान भन्सारमा अलपत्र परेपछि वीरगन्ज उद्योग वाणिज्य सङ्घले सरकारको प्रतिबन्ध अगावै आयात भइसकेका आयातित वस्तुको खाद्य अनुमति माग गर्दै वैशाख ११ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र जेष्ठ १८ मा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अनुमतिको लागि निवेदन दिएको भए पनि सुनुवाइ नभएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270