५ आश्विन, काठमाण्डौँ । कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् ।
बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।
साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो ।
वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ?
महमुद अलमान मुसलमान, कपिलवस्तु
मुस्ताक साइक, सर्लाही
रुपेशकुमार मण्डल, सिरहा
कुम्बा तामाङ, लमजुङ
भक्तबहादुर थापामगर, बाँके
राजेन्द्रप्रसाद मण्डल, सप्तरी
युवराज अधिकारी, मोरङ
मीनबहादुर थापा, भोजपुर
नरबहादुर कामी, सुर्खेत
मंगलबहादुर तामाङ, भोजपुर
सुकराम थारु, बर्दिया
अरुणकुमार पंजियार, सर्लाही
शिवशंकर राउत, महोत्तरी
चुतर्वा मण्डल, धनुषा
जितेन्द्र थापामगर, मकवानपुर
यामबहादुर थापा, रुपन्देही
कासिदेव यादब, सिराहा
सधोवाका पासवान, सर्लाही
अनिल चौधरी, महोत्तरी
श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ । सम्बन्धित परिवारलाई समेत जानकारी गराइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।