चिनियाँ सेनासँगको झडपमा भारतीय तीन सैनिकको मृत्यु, चिन भन्छः भारतीय सेनाले सीमारेखा नाघ्यो

चिनियाँ सेनासँगको झडपमा भारतीय तीन सैनिकको मृत्यु, चिन भन्छः भारतीय सेनाले सीमारेखा नाघ्यो

२ आश्विन, काठमाण्डौँ । भारत र चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखमा भएको झडपमा तीन जना भारतीय सैैनिकको ज्यान गएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा एक जना कर्णेल र तीन जना सैनिक मारिएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पूर्वी लद्दाख क्षेत्रको चार विवादित ठाउँ मध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको भिडन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सेनाले सैनिकको सङ्ख्या घटाएको जनाएका थिए ।

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झडपमा सैनिक मारिएको बताएका छन् । यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो ।

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो । यसैबीच भारतीय रक्षा मन्त्री राजनाथ सिंहले तीन वटै सेना प्रमुखसँग आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंहले जल, स्थल र वायुसेना प्रमुखहरुसँगको बैठक राखेका हुन् । बैठकमा विदेश मन्त्री एस जयशङ्कर पनि सहभागी भएका छन् ।

यता भारत र चीनको सीमावर्ती लद्दाखमा भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको आरोप चीनले लगाएको छ ।

भारतीय र चिनियाँ सेनाबीच सोमबार राति भएको भिडन्तका विषयमा औपचारिक प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको जनाएको हो ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सको ट्वीटअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनले आफ्नोतर्फ भएको क्षतिबारे भने केही उलेख गरेको छैन ।

ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उधृत गर्दै लेखेको छ, ‘भारतीय सैनिकले दुई पक्षबीच भएको समझदारीको उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो ।’

चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको भन्दै अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने पनि समाचारमा भनिएको छ ।

दुबै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको स्मरण पनि विदेश मन्त्रालयले गराएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270