२६ जेष्ठ, काठमाण्डौँ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अव चाडैँ सम्पन्न हुँने बताउनुभएको छ ।
आज प्रतिनिधिसभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले अव चाडैँ नै मेलम्ची खानेपानी आयोजना कहिले सकिएला भन्दै उठ्ने प्रश्नको जवाफ आउने बताउनुभएको हो ।
उहाँले देरैभरी नै खानेपानी योजनाहरुको काम दु्रत गतिमा भईरहेको बताउनुभयो । विशेष गरी मधेशमा आर्षनिक युक्त खानेपानी व्यवस्थावनका लागि कामहरु सुरु भईसकेको बताउनुभयो ।