बाबुरामको राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन : कमल थापा

बाबुरामको राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन : कमल थापा


२६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालको वरियतामा डा. बाबुराम भट्टराईलाई चौथो नम्बरमा राखिएको विषयमा टिप्पणी गर्दै भट्टराईको वरियता राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने स्पष्ट पार्नुभएको छ ।

आज विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले पार्टी एकता गर्दा आफ्नो नाम तल राख्न मानेकोले बाबुरामको उचाई अझै बढेको देखिएको टिप्पणी गर्नुभएको हो ।

थापाले लेख्नुभएको छ, ‘वरियताको विषयमा २दचदज्ञढछद्ध लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरियता÷राजनीतिक उचाई नि. आयोगमा पेशभएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।’

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उहाँको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ । चौथो वरियतामा राखेपछि सामाजिक संजालमा भट्टराई र जसपाको टिका टिप्पणी सुरु हुन थालेको छ ।

पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव हुनुहुन्छ ।। कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर